कोरियाली अभिनेता ली सन-क्युन मृत फेला

काठमाडौं । कोरियन अभिनेता ली सन-क्युन मृत फेला परेका छन् ।
चर्चित फिल्म ‘प्यारासाइट’ मार्फत विश्वव्यापी ख्याति कमाउने अभिनेता क्युनविरुद्ध लागूऔषध प्रयोगको आरोप अनुसन्धान भइरहेको थियो । उनी बुधबार मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार एक दिनअघि सुसाइड नोट छोडेर घरबाट निस्केका उनी फर्केका थिएनन् । आत्महत्या प्रयासको संकेतका आधारमा प्रहरीले उनलाई खोजी गरिरहेको थियो । मध्य सियोलको जोङ्नो जिल्लाको पार्कनजिकै बिहान आफ्नै कारमा उनी मृत फेला परेका हुन् ।
शवलाई सियोल नेसनल युनिभर्सिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Spread the love