कोशी नदीमा हामफालेका वृद्धको सकुशल उद्धार

विराटनगर । कोशी नदीमा हामफालेका एकजना वृद्धको प्रहरीले सकुशल उद्धार गरेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्रस्थित कोशी नदीमा हामफालेका वृद्धको बुधबार सकुशल उद्धार गरिएको हो ।

६० वर्षीय पुरुष कोशी नदीमा हाम फालेको जानकारी पाएपछि प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले उनलाई स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएका पुरुषलाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Spread the love