खेतीयोग्य जमिन बाँझिदा कृषि उत्पादनमा परनिर्भरता बढ्यो ः प्रदेश प्रमुख शर्मा

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले खेतीयोग्य जमिन बाँझिदै जाँदा कृषि उत्पादनमा परनिर्भरता बढेको टिप्पणी गरेका छन् । शुक्रबार
धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले खालको परनिर्भरता अवस्था न्यूनीकरण गर्न धानको उत्पादन वृद्धि गर्नु पर्ने बताए ।
’खेतीयोग्य जमिन मासिदै र बाँझिदै गएको छ । जसका कारण कृषिमा परनिर्भरता बढेको छ । यस खालको अवस्था न्यूनीकरण गर्न धानको उत्पादन वृद्धि गर्नुपर्ने पर्छ,’ उनले भने, ’कृषिका लागि प्रशस्त सम्भावना भएको देश नेपालमा धानलाई मुख्य खाद्य बालीका रुपमा लिइने गरिएको छ । देशको अर्थतन्त्रमा धानको महत्वपूणर् योगदान रहेको छ ।’
असार १५ मानो रोपेर मुरी उब्जाउने महिनाको मध्ये एक दिनका रुपमा पनि लिने गरेको भन्दै प्रमुख शर्माले वि.सं.२०२० को दशकसम्म नेपाल दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने राष्ट्रका रुपमा परिचित रहेको बताए ।
पछिल्लो समय विभिन्न कारणबाट देशमा धानको उत्पादन घट्न गई आयात बढेकोप्रति प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमार्फत चिन्ता व्यक्त गरे ।
संविधानमा खाद्यलाई नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरिएको भन्दै नागरिकको हक सफलतापूर्वक कार्यान्वयन गर्न सरकारले दिगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई प्राथमिकता राखी काम गर्नुपर्ने उनको भनाई छ ।

Spread the love