ग्लोबल आइएमई बैंक लिमिटेड र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर(के–ल्याब) वीच छुट प्रदान गर्ने सम्बन्धी समझदारी भएको ग्लोबल आइएमई बैंक लिमिटेडले जनाएको छ ।
समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारीपश्चात बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर(के–ल्याब) नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गर्दा २५ प्रतिशत छुट पाउुने बैंकश्रोतको दावी छ ।
ग्लोबल आइएमइ बैंकले ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको बैकले जनाएको छ ।