काठमाडौं । आजबाट नेपाली चलचित्र‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ ।
प्रिमियर मार्फत पूर्ण मनोरञ्जनात्मक र पारिवारिक सिनेमाको प्रतिक्रिया पाएको यो चलचित्रलाई शुक्रबारदेखि नै प्रदर्शकले उत्साह जनक शो दिएका छन् ।
निर्देशक सिमोश सुनुवारले विषयसँग मिल्दो शिर्षक र नयाँ पुस्तालाई शिर्षक प्रति जिज्ञाशु बनाउँने बताए ।
उनले चलचित्रको कथावस्तु अनुसार पात्रमा सुहाउँदो कलाकार छनोट गरेको बताए । सिनेमा हेर्न आइपुगेका दर्शकबाट सिनेमाको प्रचार हुनेमा उनी विश्वस्त छन् ।
सिनेमामा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम लगायत कलाकारको अभिनय रहेको छ ।