चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध चिकित्सकहरुको प्रदर्शन

एमडी/एमएस, एमबीबीएस र सम्पूणर् चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध चिकित्सकहरुले शान्तिपूणर् प्रदर्शन गरेका छन् । बुधवार माईतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबीबीएस र सम्पूणर् चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध शान्तिपूणर् प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कञ्चन दुवाडीले आफूहरुले चिकित्सा शिक्षा आयोगले जारी गरेको नतिजामा योग्यताक्रम मिचिएका कारण आन्दोलनमा उत्रिन बाध्य भएको बताउनु भयो । त्यस्तै डा. विपुल लामिछानेले मेरिटोक्रेसी कायम गर्न अदालतले आदेश दिएपनि चिकित्सा आयोगले पालना नगरेको आरोप लगाउनु भयो । उहाँले दक्षताको मात्रै समस्या नभइ छात्रवृत्ति र पैसा तिर्नेकुरामा पनि समस्या रहेको बताउनु भयो ।
त्यस्तै प्रदर्शनकारी डा. छवि पन्थीले चिकित्सा शिक्षा आयोगले गत सालको पौष २ गते परीक्षा लिएको र त्यसको नतिजालाई वैज्ञानिक व्यवस्थापन नगरी हचुवाका आधारमा भर्ना प्रक्रिया अघि बढाएकोप्रति आन्दोलन गरेको बताउनु भयो । उहाँले चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित क्याम्पसहरुले धम्कीपूणर् रुपमा विद्यार्थीहरुलाई दबाब दिइरहेको बताउनु भयो । उहाँले आफ्नो माग पूरा नभएसम्म निरन्तर बिरोधका कार्यक्रम अघि बढाइरहने चेतावनी दिनुभयो । त्यस्तै प्रदर्शनकारी डा.श्वेता कणर्ले चिकित्सा शिक्षा आयोगले आफूहरुमाथि अन्याय गरेको भन्दै दक्षताअनुसार पढ्न पाउनुपर्ने बताउनु भयो । उहाँले मुद्दा विद्यार्थीहरुको पक्षमा आएपनि चिकित्सा शिक्षा आयोगले पालना नगरेको बताउनु भयो ।
प्रदर्शनका क्रममा उनीहरुले आज तपाईलाई बचाउने हातहरुले न्याय पाएनन्, भोलि कसको पालो ?, शास्त्रमा लेख्नलाई छुट्या मात्र हो, चिकित्सा भर्नामा जात्रा भयो, श्रीकृष्ण हो की सकुनी हो, अदालतको कुरा नसुन्ने हो ? हेर बुझ साथी हो, के चिकित्सा आयोग न्याय भन्दा माथि हो जस्ताप्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरुले विगत ४ महिना यता आन्दोलन गर्दै आएका छन् ।

Spread the love