चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नाम अनुमोदन

दुई देशबीच भएका सम्झौता कार्यान्वनय गर्ने प्रतिवद्धता

चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । सोमबार बसेको समिति बैठकले चीनका लागि आवासीय राजदूतमा पाण्डेको नाम सिफारिस गरको हो । समिति सभापति लक्ष्मणल कर्णले पाण्डेको नाम राजदूतका लागि सर्वसम्मत सिफारिस गरिएको बताउनुभयो ।

गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकबाट चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस भएका पाण्डे विरुद्ध समितिमा कुनै पनि उजुरी परेन् । संसदीय समितिले फागुन २८ गते उजुरी र गुनासो दिन आह्वान गर्दै १० दिनको समय दिएको थियो । सो समयमा कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ । प्रस्तावित राजदूत पाण्डेले दुई देशबीच भएका सम्झौता कार्यान्वनय र समयसीमा भित्र काम सक्न अवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले नेपाल र चीनबीच निरन्तर उच्चस्तरि तथा औपचारिक र अनौपचारि भ्रमणको आदान प्रदान गराउन प्रयत्न गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । पाण्डेले चीनको राजनीतिक, आर्थिक, सामाजिक तथा सामरिक अवस्थ, प्रवृति तथा परिवर्तनको अध्ययन गरी नेपालमा पर्न सक्ने असर र सम्भावनाको विश्लेषण गरी परराष्ट्र मन्त्रलय मार्फत नेपाल सरकारलाई प्रत्येक महिना प्रतिवेदन पेश गर्ने बताउनुभएको छ ।

पाण्डले चिनियाँ लगानीकर्तालाई नेपालको जलस्रोत, कृषि, भौतिक पूर्वाधार लगायत अन्य क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । नेपाली उत्पादनका लागि स्थानीय बजार खोजी गरी निर्वाध र सौविध्यपूर्ण निर्यातको वातावरण बनाउन लागिपर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभएको छ । समितिले नाम अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई राजदूतमा नियुक्त गर्नुहुनेछ ।

Spread the love