चुनाव जित्न सहज भएकाले संघाईको समूह रोजेँः ज्योत्सना श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले रामचन्द्र संघाईको समूह चुनाव जित्न सहज भएकाले रोजेको बताउनुभएको छ । उहाँले आईतवार रामचन्द्र संघाईको प्यानल घोषणा पछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन जित्नको लागि रामचन्द्र संघाईको समूहमा सहज भएका कारण संघाईको समूह रोजेको बताउनुभएको हो । श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अञ्जन श्रेष्ठले पत्रकारहरुको सुझाव दिने भनेर बोलाइ योजना नबनाई टिम घोषणा गरेको बताउनु भयो । उहाँले निर्वाचनमा जहाँ आफूलाई सहज लाग्छ त्यहीँ आफू रहन सहज हुने बताउनु भयो । संघाईको समूहमा सहज लागेकाले श्रेष्ठको समूह छोडेको पनि बताउनु भयो । उहाँले श्रेष्ठ समूहलाई भनेर नै आफूलाई सहज लाग्ने ठाउँमा आएको भन्दै श्रेष्ठको समूहलाई छोडेर आउँदा धोका दियो भन्न नमिल्ने बताउनु भयो । उहाँले एउटै समूहका सबैजना एउटै पदमा उठ्न नमिल्ने र एशोसिएट उपाध्यक्षमा तीन नभइ दुई मात्रै उम्मेद्वार निर्वाचनमा जाने वातावरण बनाउन आएको बताउनु भयो ।
उहाँले सकारात्मक सोचका साथ श्रेष्ठको प्यानल छाडेर संघाईको प्यानलमा आएको बताउनु भयो । उहाँले अहिले घोषणा भएका तीन वटै टिम बलियो रहेको भन्दै मतदात व्यवसायीहरुको समस्यामा नेतृत्वदायी भुमिका खेल्नसक्ने टिमलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँ गत फागुन ३० गते पत्रकार सम्मेलन गर्दै ज्योत्सना श्रेष्ठले आफू अञ्जन श्रेष्ठको समूहबाट एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । तर निर्वाचन नजिक आएसँगै अञ्जनको टिम छोडेर संघईको समूहमा प्रवेश गर्नुभएको छ । महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाईले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । संघाईको प्यानलमा जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैध,वस्तुगत तर्फ सकुन्तलाल हिराचन र एशोसिएटतर्फ उपाध्यक्ष ज्योत्सना श्रेष्ठ हुनुहुन्छ ।

Spread the love