चौथो एसियाली पारा खेलकुद ः पावर लिफ्टिङमा दुर्गामान १२ औँ स्थानमा

काठमाडौं । चौथो एसियाली पारा खेलकुदअन्तर्गत पावर लिफ्टिङमा नेपालका दुर्गामान तामाङले १२ औँ स्थान हाँसिल गरेका छन् ।
चीनको हाङझावस्थित एक्सएससी जिम्न्याजियममा भएको पुरुष ७२ केजीमुनि समूह ‘बी’ मा दुर्गाले पहिलो लिफ्टमा ८५ केजी भार वहन गरे । दोश्रो र लिफ्टमा उनले समान ९१–९१ केजी वजन उठाउने प्रयास गरेपनि सफल भएनन् । यदि उनले सो भार (९१ ) केजी वजन उचाल्न सफल भएको भए राष्ट्रिय कीर्तिमान हुने प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् । योसँगै बुधबार जारी खेलमा पावर लिफ्टिङमा नेपालको यात्रा टुंगिएको छ । १२ खेलाडी नै सहभागी उक्त खेलमा उनले १२ औँ स्थानमा चित्त बुझाउनुप्यो ।
नेपालबाट पावर लिफ्टिङमा २ पुरुष खेलाडी सहभागी थिए । दुर्गाअघि प्रतिस्पर्धा गरेका पवन घर्ती मगरले ४९ केजीमुनि ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ७५ केजीको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।

Spread the love