जगदम्बा सिमेन्टले सुरु गर्‍यो अत्याधुनिक प्रविधि भर्टिकल रोलर मिल्स जडान गरि सिमेन्ट उत्पादन

जगदम्बा सिमेन्ट उद्योगले  युरोपियन कम्पनी एफएलस्मिथको अत्याधुनिक प्रविधि भर्टिकल रोलर मिल्स जडान गरी उत्पादन सूचारु गरेको छ ।
ग्राहक तथा उपभोक्ताको मागलाई मध्यनजर गर्दै आफ्नो उत्पादनलाई अझ परीष्कृत गरेको उद्योगले जनाएको छ  । साथै उद्योगले आफ्नो फोर्स ब्राण्डलाई अझ नविन तथा परिष्कृत गर्दै आकर्षक प्याकेजिङमा बजारमा ल्याएको छ । समयको माग र ग्राहकको चाहना बमोजिम फोर्स प्याकेजिङ अझ आकर्षक र उपभोक्ता मैत्री भएको कम्पनीको दाबी छ ।
जगदम्बा ग्रुपले  नेपालमा पाईने सबै प्रकारको ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन गर्दै आफ्ना दुवै उद्योगबाट दैनिक १ लाख १० हजार बोरा बिक्री वितरण गर्दै आइरहेको छ । उद्योगले आफ्नो उद्योगलाई सधै नै प्रविधि मैत्री बनाउने र उत्पादित सम्पूर्ण ब्राण्डहरुको गुणस्तरमा एकरुपता कायम गर्दै उपभोक्ताको सेवामा समर्पित रहने प्रतिवद्धता ब्यक्त गरेको छ ।

Spread the love