जावलाखेलमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो सुरु

ललितपुर । मेड इन नेपाल नारासहित बिहीबारदेखि जावलाखेलमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ बिहीबार सुरु भएको छ ।
ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा जावलाखेल फुटबल ग्राउण्डमा आयोजित व्यापार मेलाको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्र«मन्त्री नारायणकाजी श्रेष्ठले हस्तकलाको केन्द्र र कला नगरी ललितपुरमा आयोजित ट्रेड एक्स्पोले मुलुकको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
मुलुकमा अहिले नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको उल्लेख गदै उनले सरकारले आर्थिक र सामाजिक रुपान्तरणका निम्ति सक्रियतापूर्वक काम गर्दै आएको बताए । सांस्कृतिक तथा प्राकृतिक रुपमा समृद्ध नेपालले अब आर्थिक विकासमा फड्को मार्न जरुरी रहेको उल्लेख गरे ।
आगामी सोमबारसम्म चल्ने ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण छ । एक्स्पोका स्टलहरुमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री बिक्र तथा प्रदर्शनीमा राखिएको छ ।
एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिएको ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।
मेलाको आकर्षणका रुपमा खानाका स्टल छन् । साना बालबालिकाका लागि गेमिङ जोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, थाइल्याण्ड, टर्की, मलेसिया, बंगलादेश र नेपालका उत्पादन स्टलमा रहेको एक्स्पो संयोजक सुनिल विष्टले जानकारी दिए ।

Spread the love