जोखिमयुक्त फोहोर व्यवस्थापनमा मापदण्ड पूरा गर्नैपर्छ ः सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने बताएकी छिन् ।
स्वास्थ्य संस्थाहरुबाट उत्पादन भएको फोहोर व्यवस्थापनको अनुगमनबाट देखिएको अवस्थाका बारेमा जानकारी दिँदै उनले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न मापदण्ड पूरा हुनुपर्ने भन्दै थालिएका प्रयासलाई संस्थागत गर्न क्षमता बढाउन आवश्यक भएको बताईन् ।
उनले भनिन्, ‘अहिलेसम्म ६ वटा अस्पतालको अभ्यास हे¥यौँ । सबैमा केही न केही प्रयास भएको छ । कार्य सञ्चालन प्रणाली केही उस्तै र केही फरक भेटिएका छन् । कसैको अलिअलि सुधार गर्नु पर्ने देखिन्छ । कसैको धेरै नै सुधार गर्नु पर्ने देखिएको छ । थालिएका प्रयासलाई संस्थागत गर्न क्षमता बढाउन आवश्यक छ ।’

Spread the love