टीभीएस अपाचेले ग¥यो“एक्सचेन्ज मेनिया” घोषणा

 

काठमाडौं । टीभीएस अपाचेले बाइक पारखीहरूका लागि “१ लाख सेलिब्रेशन डे“का रुपमा“एक्सचेन्ज मेनिया“को आयोजना गर्ने घोषणा गरेको छ । फाल्गुन २३ देखि २६ सम्म यूएनपार्क मा टीभीएस अपाचे “एक्सचेन्ज म्ेनिया“आयोजना गरिने भएको हो । कार्यक्रमले राइडरहरू र परफर्मेन्स बाइकिङका प्रशंसकहरूलाई अद्वितीय अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । विशेष इभेन्ट मार्फत इनफ्लुएन्सरहरू, भ्लगरहरू, र अपाचे प्रेमीहरू एकै ठाउँमा भेलाभई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा रोमाञ्चक खेलकुद गतिविधिहरू र प्रतियोगिताहरू समावेश गरिने, सहभागीहरुले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै, रोमाञ्चक गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज कार्यक्रम अन्तर्गत मूल्याङ्कनमा रु. १०,०००÷– सम्मको सुविधा, आकर्षक फाइनान्सिङ योजना, ग्राहकले ७.९९% ब्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्ने अवसर प्राप्त गर्न सक्ने, साथ नयाँ अपाचे खरिदकर्ताहरूलाई निःशुल्क एक्सेसरीजको ब्यवस्था लगायतका सुविधा उपलब्ध रहेको पनि रहेका कम्पनीले जनाएको छ ।
नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्स यस कार्यक्रमको मुख्य आयोजक रहेको छ ।

Spread the love