टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गरिने

फागुन २३,काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताउनु भएको छ ।

सोमबार बोर्डले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई कारबाही गर्ने बताउनु भएका हो । उहाँले ब्रोकरहरुले लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने गरेको पाइएका तत्काल कारबाही गर्ने बताउनु भयो । साना लगानीकर्ताको हितमा बोर्डले काम गर्नु पर्ने अबको आवश्यकता भएको अध्यक्ष हमालको भनाई छ । उहाँले कसैले पनि साना लगानीकर्तालाई अफ्ठ्यारो पर्ने किसिमले नभएर साना लगानीकर्ताको हितमा काम नियमावलीहरु बनाउनु पर्ने जरुरी रहेको बताउनु भयो ।अहिले लगानीकर्तालाई लागत बढी लागि रहेको स्वीकार गर्दै उहाँले शुल्क घटाउने विषयमा अध्ययन गर्ने अध्यक्ष हमालले उल्लेख गर्नु भयो । अध्यक्ष हमालले कुनै पनि इन्साइडर ट्रेडिङ गरेको प्रमाणित तत्काल कारबाही गर्ने बताउनु भयो ।

त्यस्तै अध्यक्ष हमालले धेरै नाफा कमाउने रियल स्टे«ड कम्पनीहरुलाई बुक विल्डिङ बाट आईपीओ जारी गर्न दिएर पुँजी बजारमा ल्याउने बताउनु भयो । उहाँले नेपालमा १२ सय भन्दा धेरै सरकारलाई राजश्व तिर्ने कम्पनीहरु नै नेप्सेमा सुचिकृत नभएकाले त्यस्ता कम्पनीलाई नेप्सेम समावेश गर्न बोर्डले सहजिकरण गर्ने योजना रहेको बताउनु भयो । अध्यक्ष हमालले घरजग्गा कारोबार गर्ने कम्पनीहरु नेप्सेमा आए बोर्डले सहजिकरण गर्न तयार रहेको बताउनु भयो । उहाँले ठूला कम्पनीहरु नेप्सेमा समावेश भए लगानीकर्ताको जोखिम कम हुने दाबी गर्नु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष हमालले वित्तीय साक्षरता बढाउनको लागि क्यापिटल मार्केट सेन्टर नै खोल्ने तयारीमा बोर्ड लागेको जानकारी दिनु भयो। उहाँले अहिले १८.५ प्रतिशत वित्तीय साक्षरता रहेको त्यसलाई बढाउनु पर्ने आवश्यकता हरेको उल्लेख गर्नु भयो । अध्यक्ष हमालले नेप्से, सिडिएससी, ब्रोकर, मर्चेन्ट बैकर्ससँग मिलेर कार्ययोजना बनाएर काम गर्ने बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा क्यापिटल मार्केट सेन्टरको फाउण्डेशन भए पनि तयारी पर्ने योजनामा आफू रहेको उल्लेख गर्नु भयो ।

अध्यक्ष हमालले बोर्डको स्वामित्वमा भएको जमीन नदीको किनार रहेको र उक्त स्थानमा बोर्डको भवन नबन्ने नसक्ने बताउनु भयो । उहाँले बोर्डले बोर्डको कार्यालय सबैले देख्ने स्थानमा हुनुपर्ने भएको भन्दै पायक पर्ने स्थानका हुनु पर्ने दाबी गर्नु भयो । हमालले बोर्डले भवन एकपटक बनाउने भएकाले राम्रो र उचित स्थानमै बनाउने गरी सरकारसँग सहकार्य गर्ने बताउनु भयो । उहाँले नयाँ नेप्से नेपालमा आवश्यक भएन नभएको विषयमा अध्ययन गर्नु जरुरी रहेको बताउनु भयो । अध्यक्ष हमालले नेप्सेमा नीजि क्षेत्रको लगानीमा खोल्दा पारदर्शिता हुने उल्लेख गर्नु भयो।

अध्यक्ष हमालले विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिने विषयमा पनि अध्ययन भइरहेको बताउनु भयो । अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्सलाई रोक्नका लागि विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिनु आवश्यक रहेको उहाँको भनाई छ । त्यस्तै अध्यक्ष हमालले बैकलाई ब्रोकर लाइसेन्स दिने वा निदने बिषयमा गहन अध्ययन गर्नु पर्ने बताउनु भयो । त्यस्तै उहाँले टीएमएसमा देखिएको समस्या साधान गर्ने, गुनासो व्यवस्थापन गर्न एप बनाउने तयारीमा बोर्ड रहेको जानकारी दिनुभयो ।

Spread the love