तेस्रो मुलुकबाट सामान आयात बन्द भएको छैनः उद्योगमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको बताउनुभएको छ । कोरोना भाइरस (कोभिड—१९) का कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला मन्त्री भट्टले यस्तो बताउनुभएको हो । राजधानीमा भएको एक कार्यक्रममा मन्त्री भट्टले चीन, भारत तथा तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान हटाउन आवश्यक रहेको बताउनुभयो । ‘चीन, भारत, तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान तोड्नु आवश्यक छ । सामान आइरहेको छ तर केही सतर्कता अपनाइएको छ’, उहाँले भन्नुभयो । केहीदिन नाकामा सामान राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । मान्छेबाट मात्रै नभएर वस्तुबाट समेत कोरोना सर्ने सम्भावना रहेकाले नाकामा केही दिन सामान राख्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।

मन्त्री भट्टले तत्काल स्वेतपत्र जारी गर्नुपर्ने आवश्यकता नरहेको समेत बताउनुभएको  छ । संकटकाल नै घोषणा गर्नुपर्ने अवस्था भएपछि मात्रै स्वेतपत्र जारी हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, अहिले स्वेतपत्र आवश्यक छैन् । त्यस्तो संकटकाल नै घोषणा गर्नुप¥यो भने त्यती बेला स्वेतपत्र जारी हुन्छ । केही त्यस्तो भयो भने ।’ कुनै ठाउँमा केही समस्या देखिएमा तत्काल जानकारी दिन उहाँले आग्रह गर्नुभयो ।  मन्त्री भट्टले उपभोग्य सामानहरु माग बढ्दा केही मूल्य बढ्नु स्वभाविक भएपनि कालोबजारी हुन नदिने प्रतिवद्धता समेत जनाउनुभयो । बजारमा माग अनुसार उत्पादन हुने सामानहरु एक्कासी माग बढ्दा केही मुल्य बढ्नु स्वभाविक रहेको उहाँको भनाई छ ।

Spread the love