दिर्घरोगी र अन्य विरामीहरुको उपचार हुन नसकेकोमा सांसदहरुद्धारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना संक्रमितसगै दिर्घरोगी र अन्य विरामीहरुको उपचार हुन नसकेको, पर्याप्त पूर्वाधार नभएको र विदेशमा अलपत्र परेकालाई नेपाल भित्र्याउनुपर्ने लगायतका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद नन्दा चपाईंले कोरोना संक्रमित विरामी र दिर्घ रोगी तथा गर्भवति महिलाको चेकजँ“च एउटै ठाउँमा भइरहेको बताउनुभयो । कोरोना संक्रमितको उपचारका लागि फरक र अन्य विरामीहरुका लागि फरक अस्पताल निर्माणमा ध्यान दिन उहँले आग्रह गर्नुभयो । सुविधायुक्त ठाउँमा संक्रमित व्यक्ति र गर्भवति महिलाको उपचार गर्ने अस्पताल फरक भएपनि धेरै प्रदेशहरुमा दुबै प्रयोजनका लागि एउटै अस्पताल रहेको तर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थीले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले विदेशमा संकटमा रहेका नागरिकलाई निक स्वदेश ल्याउन नसकेको बताउनुभयो । ८, १० लाख नेपालीहरु विदेशमा तड्पिएका छन् । नेकपा सांसद मायाप्रसाद शर्माले द्वन्दकालिन समयमा जागिर गुमाएका शिक्षहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो । शान्ति प्रकृयासँग जोडिएको विषय भएकाले सरकारले पूर्नवहाली वा क्षतिपूर्तिको लागि बजेट छुट्याउनुपर्ने उहाँले बताउनुभयो ।

Spread the love