देशको आर्थिक मन्दीको विषय अर्थमन्त्रीबाट ढाकछोप भयो ः पूर्व अर्थमन्त्री पौडेले

काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेले आर्थिक मन्दीको अवस्थालाई अर्थमन्त्रीले ढाकछोप गरेको आरोप लगाएका छन् । आईतवार प्रतिनिधिसधामा राजश्व र व्ययको बार्षिक अनुमानमाथिको छलफलमा पूर्व अर्थमन्त्री एवं सांसद आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर अर्थमन्त्रीले अर्थतन्त्रमा लागेको डढेलोलाई छोप्ने कोशिस गरेको आरोप लगाए ।
उनले बजेटले मूलुकको अर्थतन्त्रका समस्यालाई चिन्न नसकेको टिप्पणी गरे ।
नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रम र योजनालाई बजेटले वेवास्ता गरेको सांसद पौडेलको भनाइ थियो ।
सांसद पौडेलले यो बजेटले सिदान्त र प्राथमिकता नीति तथा कार्यक्रमको बीचमा कुनै तागत नराखेको भन्दै बजेटले अर्थतन्त्रको चुनौतीलाई देख्न नसकेको बताए ।

Spread the love