नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघ बीच सम्झौता

नेपालको अग्रणी वाणिज्य बैंकनबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघ बीच स्थानीय तयारी पोशाक उत्पादन व्यवसायीहरूलाई आवश्यकताअनुसार बैंकको कर्जानीतिको अधीनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरू प्रदान गर्ने सम्झौता गरेको छ ।

श्री  निरज कुमार बस्नेत (डनिल)प्रमुख एस.एम.ई. तथा लघुवित्तनबिल बैंक किशोर नेपालअध्यक्षएन.एस.टी.पि.उ.एसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा नबिल बैंकको तर्फबाट मनोज कुमार यादवप्रबन्धकलघुवित्त विभाग र एन.एस.टी.पि.उ.एसको तर्फबाट  सुमित प्रधानउपाध्यक्षको उपस्थिति रहेको थियो ।

साझेदारीको बारेमाबोल्दै निरज कुमार बस्नेत (डनिल)ले भने, “राष्ट्रको विकास केवल स्थानीयव्यवसायको उत्थानसँगै दिगो सीपको विकासउत्पादनमा बृद्धिरोजगारी सिर्जना र सजिलो वित्तियपहुँचको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैंक विश्वास राख्दछ”।  यस रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्यका साथ स्थानीय तयारी पोशाकनिर्माताहरूलाई उनीहरूको व्यवसाय बढाउन  आवश्यक साना तथा मझौला कर्जा लगायत विभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ । नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एन.एस.टी.पि.उ.एस सँगको यस सहकार्य मार्फत देशभरका स्थानीयव्यवसायिहरुको मेक इन नेपालउत्पादनहरुलाई प्रोत्साहन गरी सहयोग पुर्याउन उत्साहित छ ।

त्यस्तै नेपाल स्थानीय तयारी पोशाकउत्पादन संघका अध्यक्ष किशोर नेपालले भने “‘नेपालीउत्पादनहरू प्रयोग गरौंराष्ट्र निर्माणमा सहयोग गरौंभन्ने मूल नाराका साथ नेपाल स्थानीयत यारी पोशाक उत्पादन संघ स्थापना भएको छ । आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठूलो सम्भावना र आशाको किरण तथा सम्बृद्धिको बाटो बन्न सक्ने छ ।

Spread the love