नया वर्षको अवसरमा पोखराको तालबाराही र विध्यवासिनी मन्दिरमा दर्शनार्थीहरुको भिड

नया“ वर्षको पहिलो दिन आज पोखराको तालबाराही र विध्यवासिनी लगायतका विभिन्न मन्दिरहरुमा दिनभर दर्शनार्थीहरुको भिड लागेको छ । फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कास्कीसहित छिमेकी जिल्लाहरूबाट दर्शनार्थीहरू ताल बाराही मन्दिरमा दर्शन गर्न पोखरा आएका छन् ।
दर्शनका लागि फेवातालमा डुंगा चढेर ताल बाराही मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको दिनभर भिड लागिरहेको छ । ताल बाराही मन्दिर दर्शन गर्नाले मानिसहरुले इच्छाएको मनोकांक्षा पूरा हुने पूरानो मान्यताका कारण पनि दर्शनार्थीहरूको वर्षैपच्छिे भिड लाग्ने गरेको ताल बाराही व्यवस्थापन समितिको सदस्य हरिराज कोइरालाले बताउनुभयो । उहाँले ताल बाराहीमा बैशाख १ गते मेला नै लाग्ने गरेकाले एकै दिनमा ५० देखि ६० हजारसम्मले दर्शन गर्ने आकलन गरिएको बताउनु भयो ।

त्यस्तै, तालबाराही मन्दिरमा दर्शनार्थीहरुको भिड बढेपछि डुंगा व्यवसायीहरूलाई भ्याइनभ्याइ भइरहेको डुंगा व्यवसायी संघका अध्यक्ष बुद्धि बहादुर नेपालीले बताउनु भयो। उहाँले फेवाताल तरेर मन्दिर जानको लागि डुंगा कम भएकाले थप डुंगाको व्यवस्था गरेर दर्शनार्थीहरूलाई ओहोर दोहोर गराई रहेको बताउनु भयो । कोरोनाले थलीएको डुंगा व्यवसाय मानिसको भिड मन्दिरमा पुजा गर्न आउने दर्शनार्थीहरुको भिड बढेकाले व्यवसायीहरुलाई केहि राहत मिल अध्यक्ष नेपालीले बताउनु भयो ।

त्यस्तै, पोखरामा १७ औं फेवा नव वर्ष सडक महोत्सव पनि बुधबार देखि सुरु भएको छ । फेवा नव वर्ष महोत्वस कोरोनाको कारण दुई वर्ष देखि रोकिएको थियो । दुई वर्ष पछि भएको पोखरा फेवा सडक महोत्सव अवलोकन गर्न जाने मानिसहरुको कारणले पनि तालबाराही मन्दिरमा नयाँ वर्षमा पुजा गर्ने दर्शनार्थीहरुको भिडको हो । ताल बाराही तथा पोखराका अन्य विन्ध्यबासिनी, भद्रकाली, गुप्तेश्वर लगायतका मन्दिरमा पोखरा सडक महोत्वसको काणले पनि भीड लागेको छ ।

Spread the love