काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनलाई लिएर प्रचार प्रसार कार्यक्रमहरू भव्य रुपमा भइरहेका छन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायीमञ्चका पूर्व अध्यक्ष नरेश गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहले आज अपरान्ह काठमाडौँको बसुन्धरा स्थित बसुन्धरा पार्टी प्यालेसमा चुनावी प्रचार कार्यक्रम गरेको छ । नरेश गेलाल नेतृत्वको संयुक्त व्यावसायिक समूहललाई शुभकामना दिन उद्योगमन्त्री दामोदर भण्डारी, नेकपा एमालेका केन्द्रीय सदस्य रचना खड्का समेत कार्यक्रम स्थलमा पुगेका छन् । निर्वाचन प्रचार प्रसारको अन्तिम चुनावी कार्यक्रम भएकोले व्यवसायीहरूको हलभित्र र बाहिर खचाखच देखिएका छन् ।निर्वाचन प्रचार प्रसार समितिका संयोजक सरोज कुमार पोखरेलको संयोजकत्वमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा वर्तमान कार्यसमितिका अध्यक्ष राजेन्द्र भण्डारी लगायतको समूहले भवन खरिद, सयको सिन्डिकेट अन्त्य, मागपत्र प्रमाणीकरण,मर्यादित व्यावसाय लगायतका सवालमा उल्लेखनीय कार्यहरू गरेकोले यस्तै सकृय र जुझारु कार्यसमिति छनौट गर्नुपर्छ भन्ने उपस्थित व्यवसायीहरुको आवाज यत्रतत्र सुनीएको थियो ।
राजेन्द्र भण्डारीकै कार्यसमितिको निरन्तरताको रुपमा नरेश गेलाल समूहको संयुक्त व्यावसायिक समूह रहेकोले अधिकांश व्यवसायीहरुको साथ र समर्थन नरेश गेलाल समूहको संयुक्त समूहलाई रहेको व्यवसायीहरुको भनाइ छ ।
