‘नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एउटै गाडी चार करोडसम्मका, व्यवसायी उत्साहित

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ जारी छ ।बुधबारदेखि सुरु भएको एक्स्पो समापनको तयारीमा छ ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा १८ लाखदेखि ३ करोड रुपैयाँ भन्दा माथिका गाडी तथा बाईकहरू प्रदर्शनीमा राखिएका छन् ।
एक्स्पोमा गाडी तथा बाईक लगायत गरेर ५० वटा ब्राण्डको सहभागिता छ ।आयोजक नाइमाका एक्जिक्युटिभ डाइरेक्टर राजकुमार दुलालका अनुसार एक्स्पोको म्याद एक दिन थप गरी सोमबार समापन हुँदैछ ।
एनका अनुसार हालसम्म ७० हजारभन्दा बढीले एक्स्पोको अवलोकन गरिसकेका छन् । यसपटक गाडी बुकिङ गर्नेको संख्या उल्लेख्य रुपमा बढेको समेत उनले जानकारी दिए ।
यसैगरी एक्स्पोमा गाडी र बाइक लगायत गरेर ५० वटा ब्राण्डको सहभागिता रहेको छ । ती मध्ये ४० वटा ब्राण्डले नयाँ मोडल सार्वजनिक गरिसकेको आयोजकले जनाएको छ ।
उनले एक्स्पोमा इलेक्ट्रिक, हाईब्रिड र पेट्रोल इन्जिनयुक्त सवारी साधनहरू समावेश गरिएको बताए । पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार र शनिबार २१ हजार ५ सय जनाले एक्स्पो अवलोकन गरेकाछन् ।हाल सम्म करिब ७० हजार जनाको उपस्थिति भइसकेको छ ।
एक्स्पोमा सबैभन्दा महंगो साढे तीन करोड रुपैयाँ पर्ने टोयोटा गाडी प्रदर्शनीमा छ भने सबैभन्दा सस्तो करिब २० लाख रुपैयाँ पर्ने सवारी साधन पनि अवलोकनका लागि राखिएको छ ।

Spread the love