काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र ढकालले पछिल्लो समय नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान विषयक विमर्श कार्यक्रममा उनले पहिला नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने परम्परा रहेको भन्दै अहिले क्रमश त्यो परिवर्तन हुदैँ गएको बताए ।
यस्तै, उनले निजी क्षेत्र र सरकारबीच सहकार्य हुने हो भने हजारौं मानिसलाई तुरुन्तै रोजगारी दिन सक्ने अवस्था भएको भन्दै निजी क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।