काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले नेपाल सरकारले लगानीकर्ताहरुलाई प्रोत्साहित गर्नका लागि थप योजनाहरु बनाई रहेको बताएका छन् ।
मुगुको छाँयानाथ रारा नगरपालिका–९ मुर्माटपमा एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स प्रालिले निर्माण गर्न लागेको रारा रिसोर्ट शिलान्यास समारोहमा बोल्दैउनले अध्यादेशमार्फत व्यवसायिक सुरक्षा र थप निजीकरणलाई उत्साहित बनाउने प्रयास भईरहेको भन्दै निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
यसको साथै, रिसोर्टले कर्णालीको पर्यटन क्षेत्रमा नयाँ आधार स्थापना गरेको भन्दै यस्ता कार्यलाई सहज बनाउन ऐनहरु संशोधन गर्दै अगाडि बढ्नको लागि वर्तमान सरकार र मन्त्रालय प्रतिबद्ध भएर लागेको बताए ।
निजी क्षेत्रलाई विकासमा सहभागि गराउने राज्यले लिएको नीतिको फलस्वरुपरारा जस्तो विकट क्षेत्रमा पनि रिसोर्ट बनेको पनि उनको भनाई छ ।