नीति तथा कार्यक्रम अपडेट

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन् । संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरस संक्रमणको कारण विश्व अर्थतन्त्रमा गम्भीर समस्या आएको बताइन् । उद्योग प्रतिष्ठान बन्द भएको र विश्वभर धेरैले रोजगारी गुमाएको बताइन् । सरकारले बेलैमा लकडाउन गरेर कोरोना संक्रमण रोक्न गरेको पहल तथा सर्वसाधारणको साथ र सहयोगले नै कोरोना भाइरसले नेपालमा धेरै क्षति पुर्याउन नपाएको उनको भनाइ छ ।

 

कृषि उत्पादनको आगामी १० वर्षमा दोब्बर बनाउने

कृषि उत्पादन अबको १० वर्षमा दोब्बर बनाउने सरकारको योजना रहेको छ । त्यही योजना अनुसार कृषि क्षेत्रमा सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । विशेष गरी कोषमा आधुनिकिकरण ल्याएर उत्पादनलाई उच्च बनाउने राष्ट्रपति भण्डारीले जानकारी दिएकी छन् ।

देशमा भएका खानीको उत्खनन् गरिने

सरकारले देशभर भएका खानीको उत्खनन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै खानी उत्खनन् गर्ने उल्लेख भएको छ । सरकारले धौवादी फलाम खानी, पट्रोलो खानीका काम अगाडी बढाइ रहेको छ । नेपालमा ग्यास खानी पनि रहेको भन्दै अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले घर भरमा ग्यासको पाइप जोड्ने भनेका थिए ।

कोरोना असर न्यूनिकरण गर्न बेग्लै रणनीति बनाउने

सरकारले आगामी आर्थिक वर्षमा कोरोना भाइरसबाट परेको असरको न्यूनिकरणका लागि बेग्लै रणनीति बनाउने भएको छ । कोरोना भाइरसबाट नेपाली अर्थतन्त्रमा परेको अध्ययनको बारेमा विस्तृत अध्ययन भइरहेको भन्दै राष्ट्रपति भण्डारीले महामारीको अवस्था र समय हेरेर सरकारले आवश्यक रणनीति तय गर्ने जानकारी दिएकी हुन् ।

अबको कार्यदिशा स्वास्थ्य, शिक्षा र रोजगारी

अबको कार्यदिशा स्वास्थ्य, शिक्षा र रोजगारमा केन्द्रित रहने भएको छ । २०७७/८८ को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अबको कार्यदिशा स्वास्थ्य, शिक्षा र रोजगारमा केन्द्रित रहने बताएकी हुन् । कोरोनाभाईरसले कार्यदिशामा केही परिवर्तन ल्याएको उनले बताईन् । उनले यो सरकारको मुख्य प्राथमिकता कोरोना भाईरस निमुर्ल गर्नु रहेको भन्दै यो रोगको कारण कसैको पनि मृत्यु हुन नदिन सरकार लागिपरेको उनले बताइन् ।

रोजगार गुमाएका मजदुरलाई लक्षित कार्यक्रम आउने

कारोना भाइरसका कारण रोजगारी गुमाएका मजदुर तथा साना कृषकलाई लक्षित गर्दे नयाँ कार्यक्रम ल्याइने भएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा नै रोजगार वृद्धि गरिने उल्लेख गरिएको छ । कोरोनाको कारणले स्वदेश र वैदेशीक रोजगारीमा गुमेका मजदुरलाई लक्षित गरी सरकारले कार्यक्रम ल्याउन लागेको हो । कोरोनापछि सरकारलाई कसरी रोजगारी दिने भनेर सबैभन्दा ठूलो चिन्ता रहेको छ । कोरोना पछि १५ लाख नेपाली विरोग गर हुने आकलन गरिएको छ ।

प्रमुख राजमार्गमा ट्रमा सेन्टर

प्रमुख राजमार्गमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । २०७७/८८ को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशको प्रमुख राजमार्गमा ट्रमा सेन्टर स्थापना गरिने बताएकी हुन् । यस्तै परोपकार तथा स्त्री रोग अस्पतालको सेवालाई विशिष्टकृत गरिने उनले बताईन् । सबै अस्पतालहरुबाट महामारीको समयमा अधिकतम स्वास्थ्य सुविद्या प्रदान गने योग्य बनाउने । सेन्टर फर डिजिड कन्ट्रोल स्थापना गरिने भएकाे छ ।विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा हेल्थ डेक्स राख्न ३० करोड रूपैयाँकाे व्यवस्था पनि गरिने भएकाे छ ।

केन्द्रिय अस्पतालहरुले तोकिएका स्थानमा नियमितरुपमा स्ट्यालाइट अस्पताल सञ्चालन गर्नु पर्ने व्यवस्था मिलाइने छ । सबै अस्पतालहरुबाट विपद वा महामारीको समयमा सम्भव भएसम्म अधिकतम स्वास्थ्य सुविधा उपलब्ध गराउने प्रबन्ध मिलाइने सरकारकाे कार्यक्रम छ । रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्टोल स्थापना गरिने छ । औषधि औजार तथा उपकरण समेत गुणस्तर मापन तथा नियमन गर्न फुड एण्ड डगको स्थापना गरिने छ ।

विदेशी रोजगारी गुमेकालाई स्वदेशमा अवसर

विदेशी रोजगारी गुमेकालाई स्वदेशमा उत्पादन मुलक क्षेत्रमा अग्रसर गराउने तयारी भइरहेको छ । लाखौंको संख्यामा विदेशमा रहेका नेपालीहरुको कोरोनाकै कारण रोजगारी गोम्ने सम्भावना तिव्र रहेकोले नेपालमा नै उत्पादनमुखी काम गर्ने सरकारले योजना बनाएको छ । आगामी आर्थिक वर्षमा देशमा नै रोजगारीका लागि कृषि तथा उत्पादनका क्षेत्रमा केन्द्रित भइ स्वदेशमै रोजगारीको खोजी गरिने छ ।

साक्षर नेपाल घोषण गरिने

आगामी आर्थिक वर्षमा साक्षर नेपाल घोषण गरिने भएको छ । २०७७/७८ सालको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षमा साक्षर नेपाल घोषण गरिने बताएकी हुन् । उनले उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउने बताइन् । त्रिभुवन विश्वविद्यालयको संरचना सुधार गरिने र पठनपाठनलाई समयसापेक्ष बनाइने उनले बताईन् । स्नातक तह पास गरेका युवाहरुलाई देशभर खटाइने पनि उनले बताईन् ।

सबै नेपालीकाे स्वास्थ्य बीमा 

स्वास्थ्य बीमा स्वास्थ्य अन्तर्गत ५५१ स्थानीय तहका २७ लाखभन्दा बढी नागरिकको स्वास्थ्य बीमा गरिएको छ । आगामी तीन वर्षभित्रमा सबै नागरिकलाई पुग्ने गरी स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिने छ । स्वास्थ्य बीमा कार्यक्रममा आधारभूत बाहेकका स्वास्थ्य सेवाहरु क्रमशः समावेश गर्दै लगिनेछ । यस्तै, विरेन्द्र सैनिक अस्पताललाई आपतकालिन अवस्थामा आम घाइते विरामी लगायतको सबै बिरामीको स्वास्थ्य उपचार गर्न सक्ने सुविधा सहित स्तरउन्नति गरिने भएकाे छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध बलियो

राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनेको बताएकी छन् । भण्डारीले सरकारले संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्न सिद्धान्तको पालना गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाएको बताएकी हुन् ।

शिक्षित बरोजगार युवाले शुरुवाती पुँजी पाउने

शिक्षित बरोजगार युवाहरुलाई प्रमाणपत्रको आधारमा प्रोजेक्टमा आधारित शुरुवाती पुँजी उपलब्ध गराई भरसक निजको शिक्षासँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न प्रोजेक्ट निर्माणमा समेत सहयोग गरी उत्प्रेरित गरिने सरकारकाे नीति छ ।

राजमार्गमा एक घण्टाको दूरीमा ट्रमा सेन्टर 

सरकारले राजमार्गको एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गर्न १० करोड विनियोजन गर्ने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राजमार्गको एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गर्न १० करोड रकम विनियोजन गर्ने भएको बताएकी हुन् ।

एक चिकित्सक, एक स्वास्थ्य संस्था

सरकारले एक चिकित्सक, एक स्वास्थ्य संस्थाका लागि ९ अर्ब विनियोजन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक चिकित्सक, एक स्वास्थ्य संस्थाका लागि ९ अर्ब विनियोजन गर्ने भएको जानकारी दिइन् ।

सरकारी स्वामित्वका बन्द उद्योगलाई पुन: सञ्चालन गरिने 

अब सरकारी स्वामित्वका उद्योग तथा संस्थानलाई उपर्युक्त विधि र व्यवस्थापन बनाएर निजी क्षेत्रको संलग्नतामा सञ्चालनमा ल्याइने भएकाे छ । सरकारी स्वामित्वका हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, ओरियन्टल म्याग्नेसाइट, वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना तथा विराटनगर जुटमिल बन्द छन् ।

Spread the love