नेपालइन्भेस्टमेन्ट बैंकलाइ सम्मान

नेपालइन्भेस्टमेन्ट बैंक लिमिटेडले (आईएफसी)बाट (जीटीएफपी) अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीकालागि सर्वश्रेष्ठ साझेदार–२०१९, को कम आय भएका आईडीए देशहरू,दक्षिण एसिया’ का रुपमा सम्मानको पुरस्कार’प्राप्त गरेको छ ।
आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनकालागि नेपाल इन्भेस्टमेन्ट बैंकसग साझेदारी गरेको छ, । जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउन सकेको र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पु¥याउन सकेको जनाएको छ । आईएफसीको व्यापार लगानी (ट्रेड फाइनान्स) सहयोगले देशका ठूला (कर्पोरेट)र साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउनका साथै विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम तुल्याउछ ।
एनआईबीएलले आफ्ना ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।

Spread the love