नेपालमा कोरोना भाइरसबाट आज थप १४ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० जना पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका मात्रै ४ जना महिला रहेका छन । काठमाडौंका ८२, ६७ र २२ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । एकजना चिवतनका ३५ वर्षिया महिला रहेका छन । यसैगरी सप्तरीमा ५५÷५५ वर्षका दुई जना पुरुष, धनुषामा ६५, कास्कीमा ३१ र नवलपरासीमा ३७ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै प्युठानमा ५८, रुपन्देहीमा ७८, पाल्पामा ६३ र सुर्खेत ४२ वर्षिय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।

आज १ हजार ३ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ । १३ हजार ६ सय ३८ वटा पीसीआर परीक्षण भएकोमा ४ सय ६४ महिला ८ सय ९५ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण देखिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ४५ हजार ४ सय ९० परीक्षण भएकोमा ४४ हजार २ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

आज १ हजार ३ सय ५३ जना संक्रमित डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा २ हजार १, प्रदेश नम्बर २ मा ७ हजार ३ सय ५७, बागमती प्रदेशमा २ हजार ६७ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमणमुक्त भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजा १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी देशभरी २५ हजार ५ सय ६१ जना संक्रमित संक्रमणमुक्त भएका छन ।
सक्रिय संक्रमितको संख्या देशभरी १८ हजार ४ सय ४ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय १६, प्रदेश नम्बर २ मा ७ सय ५२, बागमती प्रदेशमा ५ हजार ५ सय ७५ र गण्डकी प्रदेशमा ७ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ जहार २ सय ५६, कर्णाली प्रदेशमा ४ सय ६१ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ९ सय ४२ जना उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ३८, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ५७ बागमती प्रदेशमा २ हजार ३ सय १५ र गण्डकी प्रदेशमा ४३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १९, कर्णाली प्रदेशमा ३९ र सुदूरपश्चिम प्रदेशमा १ सय ५१ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ४ सय ६२ जना संक्रमित रहेका छन ।
प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा २८, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २० र कर्णालीमा ३ जना गरी देशभरी १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर १ मा ३, बागमती प्रदेशमा १९ र प्रदेश नम्बर ५ मा ४ जना गरी २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । आज क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन ।

Spread the love