नेपालमा रेनो गाडीहरुको “रेनोशुभ कार.–रम्भ” योजनाको शुरुवात

असोज ११,काठमाडौं ।  नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना “रेनोशुभ कार.–रम्भ” को शुरुवात गरेको छ । ट्यागलाइन “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” सँगै यो योजनादशैं–तिहार २०७८ को पावन अवसरमा थुप्रै पाइने फाइदाको साथ आएको हो ।

रेनोगाडीको खरिदमा ग्राहकहरुले नगद रु ३ लाख सम्मको कुल फाइदा प्राप्त गर्न सक्ने छन् । ग्राहकहरु यस योजनाअन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिंग र ५ बर्ष सम्म वारेन्टी जस्ता सेवाहरुबाट लाभान्वित हुने जनाइएको छ ।  यसले ग्राहकहरुलाई उत्कृष्ट लाभ प्रदान र ग्राहकहरुले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारहरुका साथ अद्भुत बनाउने बताइएको छ  ।

यो योजना रेनो डस्टर, रेनोकाइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहने जनाइएको छ ।

Spread the love