काठमाडौँ । नेपाली इभी बजारमा टाटा अगाडि अगाडि र बीवाइडी पछि पछि देखिएको छ । टाटा र बीवाइडी सर्वाधिक विक्री भएको तथ्यांकले देखाएको छ । पछिल्लो समय नेपालमा नयाँ गाडी बिक्रीको झण्डै ७३ प्रतिशत हिस्सा इभीले ओगटेको छ । त्यसमध्ये टाटा र बीवाइडी सर्वाधिक विक्री भएका छन् । नेपालको विद्युतीय सवारी साधन (इभी) बजारमा टाटा मोटर्स र बीवाइडीबीच कडा प्रतिस्पर्धा देखिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले २,७७९ युनिट इभी बिक्री गर्दै बीवाइडीलाई पछि पारेको छ। बीवाइडीले सो अवधिमा २,५११ युनिट गाडी बिक्री गरेको छ। अघिल्लो वर्ष भने बीवाइडी टाटा भन्दा अगाडि थियो । बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक प्रालि.ले २,१८२ युनिट इभी आयात गर्दा टाटाले १,९०३ युनिट मात्र ल्याएको थियो।
तीन वर्षदेखि बदलिंदो प्रतिस्पर्धा
* २०७८/७९ः टाटा २,२९६ युनिट, बीवाइडी १४२ युनिट
* २०७९/८०ः टाटा २,५५७ युनिट, बीवाइडी २,१७७ युनिट
* २०८०/८१ः बीवाइडी २,१८२ युनिट, टाटा १,९०३ युनिट
* २०८१/८२ः टाटा २,७७९ युनिट, बीवाइडी २,५११ युनिट
टाटाले गत वर्ष सबैभन्दा धेरै १,२९२ युनिट एक्सप्रेस टी (ट्याक्सी सेग्मेन्टमा) बिक्री गर्यो भने त्यसपछिका मोडेलहरूमा पञ्च इभीः ८५० युनिट, टियागो इभीः ४७४ युनिट, नेक्सनइभीः १०१ युनिट, कर्भ इभीः ६२ युनिट विक्री भएको तथ्यांकले देखाएको छ ।
साइमेक्स इंकले बीवाइडीका, डल्फिनः १,२३० युनिट, एम–६ः २४२ युनिट, एटो–३ः १,०३० युनिट, अन्यः ९ युनिट विक्री भएको तथ्यांक छ । कम्पनीले हालै प्रिमियम एसयूभी“सिलायन–७“ सार्वजनिक गरेको छ भने नयाँ मोडेल एटो–२ र सिगल इभी पनि नाइमा अटो शो मार्फत ल्याउने तयारीमा छ ।
आकर्षक मोडेल, प्रविधि मैत्री सुविधा र ग्राहकहरुको बढ्दो रोजाइका कारण इभी बजार तीव्र गतिमा विस्तार भइरहेको छ। इभी बजारप्रतिको ग्रहकहरुको आकर्षण लाई मध्यनजर गर्दै नाइमा र नाडाले आयोजना गर्न लागेका दुई अटो शोले अझ बढी ऊर्जा थप्ने विश्वास अटो व्यवसायीहरूले व्यक्त गरेका छन्।नेपाली इभी बजारमा टाटा र बीवाइडी बीचको प्रतिस्पर्धाले गुणस्तर, मूल्य र प्रविधिमा सुधार ल्याएको छ। अन्य नयाँ ब्रान्डहरूको प्रवेशले बजार अझ प्रतिस्पर्धी बन्दै गएको छ। भ्विष्यमा इभीबजारको आकार अझै फैलिने अटो व्यवसायीहरूको ठम्याइ छ ।
