नेपाली बजारमा मंगलबार ३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदी भने स्थिर नै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसनार आज छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोवार भईरहेको छ । सोमबार छापावाल सुन १ लाख १२ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम छ । सोमबार नेपाली बजारमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम थियो ।
यस्तै, आज पनि चाँदीको मूल्य भने स्थिर कायम छ । आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय ८० रुपैयाँ कायम छ । यससँगै, चाँदीको मूल्य लगातार चौथो दिनदेखि स्थिर बनेको छ ।

Spread the love