नेपाली भन्सारहरु क्यास लेस भएको भन्सार विभागका महानिर्देशकको भनाइ

भन्सार विभागका महानिर्देशक सुमन दाहालले अब नेपाली भन्सारहरु क्यास लेस’ भएको बताउनुभएको छ । भन्सार दिवसका अवशमार भएको विशेष पत्रकार सम्मेलनमा महानिर्देशक दाहालले भन्सारहरुमा नगद कारोबार बन्द भएको बताउनुभएको हो । पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जा”चपास हुने गरेकोमा अहिले सबै आर्थिक कारोबार बैंकिङ प्रणाली मार्फत हुने गरेको उहाँले बताउनुभयो । भन्सार क्यास लेस भएको छ । पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाच पास हुन्थ्यो । अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ । भन्सार प्रशासनले क्यास कारोबार गर्दैन । अझ बैंकसग पनि जानु नपर्ने गरी डिजिटल पेमेन्ट मा काम गरिरहेक छौ । यसका लागि राष्ट्र बैंक, मन्त्रालय र भन्सार विभागबीच छलफल भइरहेको छ’, उहाँले भन्नुभयो ।

दाहालले नेपाल नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको र अबको केही समयपछि कार्यालयहरुको अन्तरसमुन्वयमा देखिएको समस्या हल गर्ने बताउनुभयो । सिस्टममा पहिलो चरणमा २१ भन्दा बढी कार्यालय एकै छातामुनि रहने भएकाले समुन्वयको अभाव नदेखिने उहाँले बताउनुभयो ।

Spread the love