नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव सम्पन्न

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताउनुभएको छ । नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री भट्टले यस्तो बताउनुभएको हो । मुलुक विद्युतमा आत्मनिर्भर बन्न अगाडी बढिरहेको अवस्थामा अझै मुलुकका धेरै स्थानमा विद्युतिकरण नभएको र पेट्रोलियम पदार्थको विकल्प तत्काल सम्भव नभएको उहाँले बताउनुभयो । अमेरिका जस्ता विकसित मुलुकहरुलाई समेत पेट्रोलियम पदार्थको आवश्यकता पर्ने गरेको बताउँदै उहाँले नेपाललाई चाँहिदैन भन्ने नभएको उहाँको भनाई छ । पहाडीवस्तीहरु र तराईका केही वस्तीहरुमा अझै पनि विद्युतिकरण हुन नसक्दा अहिले पनि टुकि बाल्नुपरेको प्रशंग उल्लेख गर्दै मन्त्री भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताउनुभएको हो ।

आयल निगमले अब आफ्नो बाटो परिवर्तन गरेर मुनाफ लिने ठाउँमा समेत लगानी गर्नेतर्फ छलफल चलाउनुपर्ने उहाँले बताउनुभयो । उद्योगिहरुले लगानी डुब्छ की भनेर चिन्ता गरिहाल्नु पर्ने अवस्था नभएको र निगमले हरेक काममा पार्टनर बनाएर अगाडी बढ्ने विश्वास मन्त्री भट्टले दिलाउनुभयो । निगमको स्वर्ण जयन्तीका अवशरमा कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप एक महिनाको तलब बराबरको रकम प्रदान गरिएको थियो ।

Spread the love