नेपाल उद्योग वाणिज्य महासंघको यही २५ र २६ गते हुने भनिएको चुनाव स्थगित

नेपाल उद्योग वाणिज्य महासंघको यही २५ र २६ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ । बिहीबार बसेको नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको महासंघ अध्यक्ष भवानी राणाले बनाइन् । कोरोनाको त्रास बाकि नै रहेको र लकडाउन खुला गरे पनि सरकारले सभा, सम्मेलन, भोजभतेर नगर्नु भनेकाले निर्वाचन स्थगित गर्ने निणर्य गरेको राणाले बताइन ।

सरकारले सभा, सम्मेलन गर्न पाइने सूचना जारी गरेमा त्यसको १५ दिनभित्र निर्वाचन गर्ने निणर्य पनि गरेको राणाले बताइन ।बैठकमा पदाधिकारीहरु सबैले सरकारको निणर्यलाई मान्नुपर्ने धारणा राखेपछि निर्वाचन स्थगितको निणर्य भएको हो । महासंघको वरिष्ठ अध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाअनुसार अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लिदैछन् । वरिष्ठ उपाध्यक्षमा भने चन्द ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Spread the love