नेपाल राष्ट्र बैंकद्धारा सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार युरो एकको खरिद दर १४७ रुपैयाँ २९ पैसा र बिक्री दर १४७ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७१ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । शनिबार यता अमेरिकी डरलको भाउ स्थिर छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५पैसा रहेको छ
।क्यानडियन डलरको बिक्री मूल्यमा सामान्य गिरावट आएको छ । शनिबार क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ९८ पैसा र विक्री दर १०० रुपैयाँ ४३ पैसा रहेकोमा आज खरिद दर ९९ रुपैयाँ २५ पैसा र बिक्री दर ९९ रुपैया ७० पैसा रहेको छ ।

Spread the love