नेप्से परिसुचकमा नयाँ रेकर्ड, ११ अर्ब ५२ करोडको शेयर कारोवार

साउन १९, काठमाडौं । शेयर बजार परिसूचक नेप्से फेरि नयाँ उचाईमा पुगेको छ । नेप्से सूचक मंगलबार २६.०२ अंकले बढेर ३१११.०९ को बिन्दुमा पुगेर रोकिएको छ । नेप्से सूचकले ३१ सय बिन्दु पारे गरेको यो नै पहिलो पटक हो ।

आज कारोबारमा आएका २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर खरिद बिक्रि बाट ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रुपैयाँ ६६ पैसाको कारोबार भएको छ ।

जस मध्ये अपि पावरको सबै भन्दा धेरै ४६ करोड ८२ लाख, ङ्गादी पावरको ४३ करोड ३२ लाख, फरेस्ट माइक्रो फाइनान्सको ३३ करोड ८६ लाख, स्वाबलंबन लघुवित्तको ३० करोड ४ लाख र निर्धन उत्थान लघुवित्तको २९ करोड ६६ लाख बराबरको कारोबार भएको छ । आज पांचथर पावर र रुरु हाइड्रोको शेयर मूल्य १० प्रतिसतले बढेको छ भने जीवन विकास लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत रहेको छ । त्यस्तै युनियन लाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । साथै लिबर्टी इनर्जीको शेयर मूल्य ९.९३ प्रतिशत र स्वाबलम्बन लघुवित्तको शेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ । आज युनिलिभर नेपालको सर्बाधिक ३.७९ प्रतिशतले घटेको छ ।

आज विकास बैंक र म्युचुअल फण्ड बाहेकका सबै समुगगत सूचक बढेका छन् । जस मध्ये माइक्रो फाइनान्स समुह सर्बाधिक ३.८५ प्रतिशत र हाइड्रो समुह २.०४ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका मध्ये १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ कम्पनीको शेयर मूल्य घटेको छ ।
सर्वाधिक शेयर कारोबार भने अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको ४६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको हो ।
शेयरमूल्य घट्नेमा सबैभन्दा बढी युनिलिभर नेपाल लिमिटेडको रहेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ७९ प्रतिशतले कमि आएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १९ हजार ६०२ कायम भएको हो ।

बजारले नयाँ रेकर्ड कायम गर्दा लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ ।

 

 

Spread the love