नेप्से परिसुचक हालसम्मकै उच्च, शेयर कारोवार १३ अर्ब २९ करोड

साउन १३, काठमाडौं । बुधवार नेपालको शेयर बजार परिसुचक नेप्से ३ हजार ९४ दशमलव ९४ विन्दुमा पुगेर बन्द भएको छ ।
शेयर कारोवार भने १३ अर्ब २९ करोड १९ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर कारोबार भएको छ ।

यो दिन अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक शून्य दशमलव ५० प्रतिशत अर्थात् १५ दशमलव ३० अंकले बढेको हो । ३ हजार ८८ दशमलव ४५ विन्दुदेखि खुला भएको बुधवारको बजार ३ हजार ११२ दशमलव २१ विन्दुसम्म पुगेको थियो भने ३ हजार ७५ दशमलव ९५ विन्दुसम्म झरेको थियो ।

अघिल्लो कारोबार दिन मंगलवार नेप्से परिसूचक २९ दशमलव २४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ विन्दुमा बन्द भएको थियो । बुधवार सेन्सेटिभ इन्डेक्स भने स्थिर रहेको छ ।

यो कारोबार २१९ पटकको व्यापारमा १ लाख २८ हजार ७८० पटकको व्यापारमा भएको हो । बुधवार सर्वाधिक रकमको कारोबार युनाइटेड मोदी हाइड्रोपावरको भएको छ । उक्त कम्पनीको ३८ करोड ६१ लाख ४७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता ६ दशमलव ४० रुपैयाँले बढेर अन्तिम मूल्य ४८६ रुपैयाँ पुगेको छ ।

युनाइटेड मोदी हाइड्रोपावरपछि नेशनल हाइड्रोपावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको ३६ करोड ५३ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता १० रुपैयाँले बढेर अन्तिम मूल्य ३७७ रुपैयाँ कायम भएको छ ।

यस दिन नारायणी डेभलपमेण्ट बैंक, मल्टिपर्पस फिनांस र चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ । नारायणी डेभलपमेण्ट बैंकको प्रतिकित्ता ७३ रुपैयाँले बढेर अन्तिम मूल्य ८०३ रुपैयाँ, मल्टिपर्पस फिनांसको प्रतिकित्ता. ४८ दशमलव ६० रुपैयाँले बढेर अन्तिम मूल्य ५३४ दशमलव ८० रुपैयाँ र चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता १४८ दशमलव ९०रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार ६३७ दशमलव ९० रुपैयाँ कायम भएको छ ।

बुधवार बढेको बजारमा पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५ दशमलव शून्य ७ प्रतिशत घटेको छ । यस दिन पञ्चकन्यामाई हाइड्रोको शेयरमूल्य प्रतिकित्ता १९ रुपैयाँले घटेर अन्तिम मूल्य ३५६ रुपैयाँ कायम भएको छ ।

Spread the love