नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन दोहोरो अंकको गिरावट आएको छ ।
आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा कायम भएको छ ।
सेन्सेटिभ इन्डेक्स ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा अडिएको छ । सबै कम्पनीको सेयरमा नकारत्मक सर्किट लागेको दिन दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो ।
सबै उपसमूहका सूचक नकारात्मक छन् । फाइनान्स उपसमूह र हाइड्रोपावरको सूचक २ प्रतिशत बढीले घटेको छ ।
कारोबारमा भएका कम्पनीमध्ये २१ वटाको सेयरमूल्य बढ्दा २२५ वटाको घट्यो भने दुई कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।
३ सय १५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
उल्लेख्य सेयर कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, एनआइसी एसिया बैंक, जोशी हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर लगायत छन् ।
हिमालयन रिइन्स्योरेन्सको ४० करोड ९ लाखको सेयर कारोबार भएको छ । यसैगरी एनआईसी एसिया बैंकको १३ करोड ६५ लाख, जोशी हाइड्रोपावरको १० करोड, सगरमाथा जलविद्युतले ९ करोड र युनियन हाइड्रोपावरले ७ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।

Spread the love