नेप्से परिसूचक २ दशमलव ६६ अंकले गिरावट

पुष १३,काठमाडौं ।  शेयर बजार मापक नेप्से परिसूचक मंगलबार सामान्य गिरावट आएको छ ।

साताको पहिलो दिन आइतवार ७१ अंकले बढेको नेप्से सोमवार ६९ अंकले गिरावट आएको थियो । मंगलबार कारोबारको सुरुवातबाटै उच्च अंकले घटेको थियो । आज दिनभर बजार उतारचढाव हुँदा कारोबारको अन्तमा आएर सामान्य गिरावट आएको छ ।

मंगलबार परिसूचक २ दशमलव ६६ अंकले घटरे २ हजार ५१८ दशमलव ९९ विन्दुमा ओरालो लागेको छ । ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १९ अंकले घटेर ४७० दशमलव ९८ अंकमा झरेको छ । मंगलबार कारोबारमा आएका २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका २३० कम्पनी मध्ये आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ मूल्य गिरावट आएको छ ।

नेप्से कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूह व्यापार, विकास बैंक, हाइड्रो पावर, फाइनान्स र अन्य उपसमूहमा हरियाली छाएको छ । भने बाँकी सबै उपसमूहमा राताम्मे देखिएको छ । आज बजार सामान्य गिरावट आए पनि मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

Spread the love