नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कायकारी अधिकृतमा सुरेश प्रसाद खत्री नियुक्त

जेठ ४, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । खत्रीको नियुक्तिलाई नियमनकारी निकाय बीमा समितिले स्वीकृत प्रदान गरेको हो ।

कम्पनीको संचालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतिको लागी पठाएको थियो ।

गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतको पदावधि सकिए पछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।

बैंगलुरबाट एमबीए गरेका खत्रीको बीमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव रहेको छ ।

Spread the love