नोबेल मेडिकल कलेजका विद्यार्थीहरुद्धारा रिले अन्सन

फागुन १९,काठमाडौं । नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै रिले अनसन सुरु गर्नु भएको छ ।

बिहीबार देखि काठमाडौंको माइतिघर मण्डलामा चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एम.बि.बि.एस पढ्न विद्यार्थीले अनसन सुरु गर्नु भएको हो । नोबेल कलेजबाट पिडित १० विद्यार्थीहरुले सरकारले बनाएको नियम कानून नमान्ने क्यापसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरण सहित स्थानन्तरण गर्न सरकारसँग माग राख्दै रिलेअन्सन भोक हड्ताल तथा धर्ना सुरु गर्नु भएको छ । उहाँले विगत ८० दिन देखि निरन्तर रुपमा अध्ययन शुल्कको अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेको बताउनु भएको छ ।

नोबेल मेडिकल क्यापसका अनसनरत विद्यार्थी रुपेश पौडेलले चिकित्साशिक्षा आयोजले उपत्यका बाहिरका मेडिकल कलेजले ४४ लाखमा एम.बि.बि.एस पढाउन भने पनि नोबेल मेडिकल कलेजले त्यो शुल्क भन्दा बढी शुल्क लिएकाले विद्यार्थी आन्दोलित भएको बताउनु भयो । उहाँले नोबेल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि राज्यका सबै निकायमा अतिरिक्त शुल्क घटाउनको लागि माग लिएर गए पनि कसैले नसुनेको गुनासो गर्नु भयो । धेरै विद्यार्थीले आत्मासर्मपन गरेर कलेजले तोकेको शुल्कमा पढ्न थाले पनि १० जना विद्यार्थी भने शिक्षण अस्पतालमा स्थानन्तरणको लागि रिलेअनसनमा सुरु गरिएको जानकारी दिनु भयो ।

त्यस्तै, पौडेलले राज्यले बनाएको कानून राज्यले नै कार्यान्वय गर्न नसक्दा एम.बि.बि.एस पढ्ने विद्यार्थी डिप्रेसनमा पुग्ने अवस्थामा पुगेको बताउनु भयो । उहाँले राज्यका हरेक निकायमा माग सम्बोधनको लागि गुहार माग्दा सुनुवाइ नभएकाले बाध्य भएर अन्सन सुरु गरिएको बताउनु भयो । एम.बि.बि.एस पढ्न आएका विद्यार्थी राज्यको कानून कार्यान्वय गराउनको लागि सडकमा आउनु परेको पौडेलले गुनासो गर्नु भयो ।

रिले अनसनमा विद्यार्थीहरुले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर, २०१५÷१६ ब्याजका विद्यार्थी इन्र्टनशिपको व्यवस्थापन छिाटो गर,हाम्रो न्यायोचित माग सम्बोधन गर, विद्यार्थीको भविष्य सुनिश्चित गर, सुरक्षित स्थानमा पढ्ने वातावरण बना , डे ८० स्थानन्तरण गरियोस् भन्ने प्लेकार्ड राखेर अनसनमा बसेका छन् ।

Spread the love