पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नया संंक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संंक्रमित पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो । यससँगै हाल सम्म कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । २४ घण्टामा मुलुकभरबाट थप ४ सय २५ जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार ८ सय १४ जना निको भएर घर फर्किएका छन् । अहिले ६ हजार ३ सय ३० जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ । जस मध्ये प्रदेश १ मा ४ सय २५ जना, प्रदेश २ मा २ हजार ८ सय ३९ जना, बागमती प्रदेशमा ९ सय ४३ जना, गण्डकी प्रदेशमा २ सय ७६ जना, प्रदेश ५ मा ३ सय ७६ जना, कर्णाली प्रदेशमा २ सय ३१ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ४० जना संक्रमित रहेका छन् ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ जना संक्रमित थपिएको बताउनुभयो । काठमाडौंमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो । त्यस्तै देशभर क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १० हजार २ सय ७ रहेको छ ।

Spread the love