पर्यटनमन्त्रीको सुरक्षा निकायहरु सँग छलफल

अहिलेसम्म ८१ जना क्वारेन्टाइनमा

सरकारले क्वारेन्टाइनस्थल निर्माण र व्यवस्थापनका विषयमा सुरक्षा निकायहरुसँग जानकारी लिइरहेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बनेको समितिले क्वारेन्टाइनस्थ निर्माणका लागि सुरक्षा निकायहरुसँग जानकारी लिनुभएको हो । उच्चस्तरिय समन्वय समितिले पर्यटनमन्त्री भट्टराईको संयोजकत्वमा समिति बनाएर क्वारेन्टाइन व्यवस्थापनको जिम्मा दिएको छ । सो समितिले सुरक्षा निकायहरुसँग सोमबार यसबारे छलफल गरिरहेको छ । सोमबार विहान नेपाली सेनाका पदाधिकारीहरुलाई बोलाएर खरिपाटी क्वारेन्टाइनको अवस्था र अन्य ठाउँमा निर्माण गर्न सकिने सम्भाव्यताका विषयमा जानकारी लिनुभएको छ । छलफलमा नेपाली सेनाका कर्नेल प्रमुख सेनानी शिव प्रसाद पौडेलले क्वारेन्टाइनस्थल व्यवस्थापनका लागि केही समस्या देखिएको बताउनुभयो । आर्थिक व्यवभारका विषयमा स्पष्ट निर्देशन नहुदा आन्तरिक स्रोत परिचालन गरी नेपाली सेनाले तत्कालको समस्या टारिरहेको बताउनुभयो । खरिपाटीमा खाना पकाउने र सर्भिस गर्ने मान्छेको अभाव रहेको उल्लेख गर्दै उहाँले तीनवटै सुरक्षा निकायको टोलीले काम गरिरहेको बताउनुभयो ।

खरिपाटीमा क्वारेन्टाइनमा अहिले ८ महिलासहित ८१ जना रहेका छन् । जसमा १ जना ७६ वर्षिया वृद्धा, एक गर्भवति महिला र एकजना ७१ वर्षिय विदेशी नागरिक छन् । होटल र अन्य ठाउँबाट पनि क्वारेन्टाइनका लागि कोठाहरु उपलब्ध भएको प्रस्ताव आइरहेको नेपाली सेनाले जनाएको छ । खरिपाटीमा क्वारेन्टाइनमा प्रतिव्यक्ति एक दिनमा पानी र प्याकिङ बाहेक ७५० रुपैयाँ खर्च हुँदै आएको छ ।

Spread the love