विराटनगर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुबाट पाँच दिनअघि हराएका नौं वर्षीय शिशिर राई रउनकी ६ वर्षीया बहिनी नानुमा राईको शव मंगलबार बिहान विरुवा खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
शुक्रबार बिहान हजुरबुबा–हजुरआमा बस्ने घरतर्फ हिँडेका दाजु–बहिनी त्यसै दिन देखि सम्पर्क विहीन रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रमुख प्रहरी नायव उपरिक्षक कौशल कुमार बुढाथोकीले दिएको जानकारी अनुसार अहिले सम्मको अनुसन्धानमा खोलाले बगाएको प्रकृति देखिएको छ ।यद्यपी थप अनुसन्धान भइरहेको उनले बताए ।
बालबालिका हराएको खबर पाएपछि प्रहरी चौकी च्याङथापु, जिल्ला प्रहरी कार्यालय पाँचथर र स्थानीयवासी लगातार खोजीमा जुटेका थिए ।
चार दिनको खोजीपछि मंगलबार बिहान खोलाको किनारमा उनीहरूको शव भेटिएको हो ।शव फेला परेपछि यतिवेला गाउँ नै शोकमा डुबेको छ ।शिशिर र नानुमा गाउँकै पूर्ण आधारभूत विद्यालयका विद्यार्थी थिए ।