‘पुर्वाधार र खेलाडीको क्षमता विकासमा लगानी बढ्ने अर्थमन्त्रीको विश्वास’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष (२०८१÷०८२) को बजेटका सिद्धान्त र प्राथमिकता संघीय संसदका दुवै सदनमा सोमबार प्रस्तुत गरेका छन् ।
सोमबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षका बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।
सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नका लागि तीन महिनाअघि नै छलफल थाल्ने गरी बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरेको हो ।
अर्थमन्त्री महतले पेश गरेको सिद्धान्त र प्राथमिकताको २० र २३ नम्बर बुँदामा खेलकुदको प्रशंग निकालेका छन् ।२० नम्बर बुँदामा सामाजिक क्षेत्रको विकासमा खेलकुदलाई राखेका हुन् ।
उनले भनेका छन् ‘नेपाली युवाको क्रिकेट लगायतका खेलमा देखिएको बढ्दो अभिरूचिलाई मध्यनजर राखी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सरकारले थप लगानी गर्नेछ । खेलकुद पूर्वाधार विकासमा जोड दिइनेछ’ । यसैगरी, २३ नम्बर बुँदामा खेलकुद प्रतियोगिता सञ्चालन र खेलाडीको क्षमता विकासमा जोड दिइने कुरा उल्लेख गरेका हुन् ।
संसद्मा पेस भएको प्रि(बजेट प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्ने कार्यतालिका तय गरिएको छ ।
प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३, ३० चैत्र १, २ र ४ गतेका लागि समय तोकिएको सभामुख देवराज घिमिरेलाई जानकारी दिएका छन् ।
प्रि बजेटमा खेलकुदको कुराहरु पनि समेटिएकोमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खुसी ब्यक्त गरेका छन् ।
सधैं राज्यले थोरै बजेट विनियोजन गर्ने गरेकोमा नयाँ आर्थिक वर्षमा बजेट बढ्ने विश्वास लिएको प्रतिक्रिया दिए ।्

Spread the love