पू“जी बजार विकास तथा विस्तारका सम्भावना एवं आगामी चुनौतिका विषयमा छलफल

धितोपत्र बजारको नीतिको कारणले मात्रै शेयर बजारमा कसैले कमाउने र कसैले गुमाउने अवस्था नआउने विज्ञहरुले बताएका छन् ।  पूजी बजार विकास तथा विस्तारका सम्भावना एवं आगामी चुनौतिका विषयमा छलफल गर्न शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विज्ञहरुले धितोपत्रका नीतिका कारण कसैले कमाउने र कसैले गुमाउने अवस्था नआउने बताएका हुन् । विश्लेषक अनलराज भट्टराईले पछिल्लो समय धितोपत्रका नीतिका कारण लगानीकर्ताले गुमाएको भन्दै विरोध हुने गरेको उल्लेख गर्र्दै त्यसको असर कारोबारमा नपर्ने भट्टराईले बताउनुभयो । उहाँले सबै लगानीकर्तासँग शेयर बजार सम्बन्धी ज्ञान बराबर नहुने उल्लेख गर्दै पछिल्लो समय बजारमा वास्तविक तथ्यले भन्दा हल्लाले बढी काम गरेको बताउनुभयो ।

त्यस्तै लगानीकर्ताहरुले पनि बजारमा अन्योल र अस्थिरताको अवस्था रहेको बताएका छन् । बजारमा वास्तविक विषयमा जानकारी नहुने तर हल्लाले बढी काम गर्ने भएकाले लगानीकर्ता स्थिर हुन नसकेको बताएका छन् ।
बैंकर विनोद पन्तले बैंकहरुले संस्थापक शेयर र साधारण शेयरमा ६५ प्रतिशत कर्जा दिन पाउने भएपनि सबै बैंकले पालना नगरेको बताउनुभयो । उहाँले कतिपय बैंकले साधारण शेयरमा कर्जा दिने संस्थापकमा सजिलै नदिने कुनैले सस्थापकमा सजिलै दिने र साधारणमा नदिने प्रवृतिले गर्दा पनि बजारमा प्रयाप्त तरलता नहुँदा बजार अस्थिर जस्तो देखिएको बताउनुभयो । नेपाल धितोपत्र वोर्डका निर्देशक नारायणप्रसाद शर्माले शेयर बजारको सुधारका लागि वोर्डले विभिन्न नीतिहरुको निर्माणमा तिब्रता दिएको बताउनुभयो । तरपनि बजारको क्षमता विकास, प्रविधिको प्रयोग, दोस्रो बजारको पहुँचको वृद्धि, वित्तीय साक्षरता वस्तु विनिमय बजारलाई प्रवेश गराई नियमन गर्नुपर्ने लगायतका चुनौति रहेको उहाँले बताउनुभयो ।
निर्देशक शर्माले वोर्डको प्राथमिकतामा अहिले पनि संस्थागत क्षमतामा अभिवृद्धि गर्ने र धितोपत्र सम्बन्धी कानूनहरुमा सुधार गर्दै जाने र बजारको पहुँच बढाउँदै लगानीकर्ताको संख्या वृद्धि गर्दै जाने विषहरु  रहेको बताउनुभयो ।

Spread the love