पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगमा योजनावद्ध रुपमा काम गर्न सरकारलाई आग्रह

माघ २५,काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेको बताउनु भएको छ ।

सोमबार विद्युतीय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताउनु भएको हो । उहाँले यस बारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने बताउनु भयो । मन्त्री भुसालले सरकारले आफ्नो मन्त्रालयलाई यस बारेमा बजेट उपलब्ध गराएमा आफू सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘म अहिले सकारात्मक ढंगले सोच्छु, म सँग बजेटहरु केही पनि छैन मन्त्रालयमा, नेपाल सरकारले अर्थमन्त्रालयलाई भनेर बजेट उपलब्ध गरायो भने यो काम गर्न खुशी छु ।’

अनेरास्ववियूले विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरुमा निःशुल्क इण्डेक्शन चुलो पुर्‍याउन सरकारसँग माग गरेको छ । त्यसैगरी पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगमा योजनावद्ध रुपमा काम गर्न सरकारलाई आग्रह पनि गरिएको छ ।

Spread the love