प्रचण्डजीसँगको पार्टनरसीप सुपरहिट हुन्छ ः भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको पार्टनरसीप सुपरहिट बनाउने बताएका छन् ।
बिहीवार प्रधानमन्त्री दाहालको भारत भ्रमणको दोस्रो दिन आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री दाहालसँग भविष्यमा आफ्नो पार्टनरसीप सुपरहिट बनाउन महत्वपूणर् निणर्य बताए ।
उनले भने, ‘मैले र प्रधानमन्त्री प्रचण्डजीले भविष्यमा आफ्नो पार्टनरसीप सुपरहिट बनाउन महत्वपूणर् निणर्य लिएका छौं । ’
उनले भारतीय रेल संस्थामा नेपालको रेलकर्मीलाई प्रशिक्षण प्रदान गर्ने पनि निणर्य गरेको जानकारी पनि दिए ।

Spread the love