फागुन २२,काठमाडौं । आइतबार सुनको मुल्यमा २ हजारले वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला ९९ हजार ९ सयमा कारोवार भएको सुनको मुल्य आइतबार प्रतितोला १ लाख १ हजार ९ सयमा कारोवार भइरहेको छ । आइतबार तेजावी सुनको मुल्य प्रतितोला १ लाख १ हजार ४ सयमा कारोवार भइरहेको छ ।
आइतबार चाँदीको मुल्यमा ३५ रुपैँयाले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार ३ सय ८० रुपैँयामा कारोवार भएको चाँदीको मुल्य आइतबार प्रतितोला १ हजार ४ सय १५ रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

