प्रधानमन्त्रीले गरे सोमबार देशवासीका नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा राखेर काम गर्न नदिइएका कारण प्रतिनिधिसभा विघटनको निणर्य गर्नुपरेको बताउनुभएको छ । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनमत अनुसार सरकारलाई काम गर्न नदिएर घेराबन्दी गर्न थालिएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताउनुभयो । २०७४ सालको निर्वाचनबाट प्राप्त जनादेश अनुसार सुरुमा सरकार गठनमै भाँजो हाल्न खोजिएको उल्लेख गर्दै ओलीले सरकार गठन भएपछि पनि काम गर्न नदिइएको बताउनुभयो । योग्यता र क्षमताअनुसार मन्त्रिपरिषद् गठन गर्न नदिइएर आफ्नो र पराई कसलाई राख्ने नराख्ने भन्ने कुरामा नेताहरु अल्झिएको आरोप उहाँले लगाउनुभयो ।

निर्धारित समयभन्दा डेढ वर्ष अगाडी नै प्रतिनिधिसभा विघटन गरी पुनः ताजा जनादेशका लागि जनतासमक्ष जाने अनुमान गर्न नसक्ने अवस्था भएपनि अन्त्यहिन र अर्थहिन विवादमा अल्झाएर संसदलाई अर्थहिन तुल्याएर जननिर्वाति सरकारलाई असहयोग गरेको कारण जनतामाझा जानुको विकल्प नभएको उहाँले बताउनुभयो ।

उहाँले संसद विघटनको घटना अप्रत्यासित र आकश्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र सत्तारुढ दलकै नेताहरुले जनभावना विपरित लागेका कारण भएको बताउनुभयो । पार्टी अन्य नेताहरुलाई लक्षित गर्दै उहाँले सधै पद र प्रतिष्ठाका लागि मात्रै केन्द्रीत भएको बताउनुभयो । नेकपाको काँधमा अभिभारा पुरा गर्ने गरी राज्य सञ्चालन, नीति निर्माण र जनपरिचालनमा केन्द्रीत हुनुपर्नेमा पार्टीलाई असन्तुष्टि र कुष्ठामा बन्धक बनाउने प्रयास भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको समस्या समाधानका लागि दुई अध्यक्षबीच कार्यविभाजन गरिएपनि सोचे अनुसारको काम नभएको बताउनुभयो । कार्यविभाज अनुसार आफु सरकार सञ्चालनको काममा केन्द्रीत भएपनि अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको कामहरु अघि बढाउन नसकेको उहाँले बताउनुभयो ।

पार्टीको घोषणापत्रअनुसारको अभिभारा पुरा गर्न मन्त्रिमण्डल विस्तार गर्न खोज्दा पनि आफ्नो र पराईको कित्ताकाट गरी अगाडी बढ्न नदिइएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार पार्टी संरचनामा नेतृत्व हस्तान्रणको वैधानिक प्रणाली बसाल्ने प्रयास गर्दा पन सफल हुने नसकेको बताउनुभयो । मुलुकको जटिल अवस्थामा नियमित महाधिवेशन हुन नसक्ने हो भने पनि विशेष महाधिवेशन गरेर अध्यक्ष पद हस्तान्तरण गर्न इच्छा गर्दापनि नेताहरुले ४ महिना समेत कुर्न नसकेको उनले बताए । महाधिवेशनका लागि ४ महिना कुर्नुभन्दा आफ्नो राजनीतिक चरित्र हत्या गर्ने गरी अत्यन्त लाञ्छित र अपमानित गर्दै आरोप-पत्र पेश गरेको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले विगतका सबै तिता पिराकुरालाई विर्षेर एकतावद्ध भइ निर्वाचनमा सहभागी हुन पनि नेताहरुलाई आग्रह गरेका छन् । उहाँले बहुमत प्राप्त दलको नेतालाई काम गर्न नदिइएपछि बन्द कोठामा अनुचित र सिद्धान्तहीन सम्झौतामा अल्झिएर जनअपेक्षामा आँच पुर्‍याउनु उपयुक्त नभएका कारण संसद विघटन भएको बताउनुभयो ।

Spread the love