प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्व बजेट

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोज गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १२ अर्ब बजेट विनियोजन गरिएको सार्वजनिक गरेको छ । त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख रोजगारी दिइने जानकारी अर्थमन्त्री पौडेलले दिएका छन् ।

Spread the love