बंगलादेश छिराउन लागिएको १० किलो सुन बरामद

काठमाडौं । भारतीय सीमा सुरक्षा बल बीएसएफले पश्चिम बंगालको भारत–बंगलादेश अन्तर्राष्ट्रिय सीमाबाट करोडौं मूल्यको अवैध सुन बरामद गरेको छ ।
भारतबाट सुन तस्करी गरि बंगलादेश छिराउने प्रयाश गरिरहेको भारतीय व्यक्तिले सीमापार तस्करी गर्ने प्रयासलाई विफल पार्दै ६ करोड भारतीय रुपैयाँभन्दा बढीको सुन बरामद गरेको छ, स्रोतहरूले जनाएका छन् ।
आइतबार नादिया जिल्लाको होरन्दीपुर सीमा गाउँबाट बीएसएफको ३२औं बटालियनले अवैध सुन बरामद गरेको हो ।
१० किलोभन्दा बढी तौलका १६ वटा सुनको बार र चारवटा सुनको बिस्कुटसहित नादियाका एक स्थानीयवासी पक्राउ हुन् । भारत र बंगलादेशको अन्तर्राष्ट्रिय सिमानाको खेतमा सुन बरामद गरिएको थियो ।

Spread the love